काठमाण्डु- युवाहरूको एक अभियानले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी ) खारेजको माग गरेको छ । एमसीसी खारेज राष्ट्रिय अभियानमा आबद्ध व्यक्तिहरूले एमसीसी सम्झौता नेपालको राष्ट्रिय हितको विपरित भएको भन्दै मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई मागपत्र बुझाएका हुन् ।
अभियानका संयोजक निर्ग नवीनले जारी गरेको विज्ञप्तिमा एमसीसी कार्यान्वयनका लागि खोलिएको ‘एमसीए नेपाल’ पनि तत्काल विघटन गर्नुपर्ने उल्लेख छ । एमसीसी खारेज अभियानले पाँचबुँदे माग राख्दै आफ्ना माग १९ दिनभित्र पूरा गर्न चेतावनी समेत दिएको छ ।






प्रतिक्रिया