कांग्रेस महाधिवेशन : कल्याण गुरुङले सभापतिमा उम्मेदवारी घोषणा गर्दै

कांग्रेस महाधिवेशन : कल्याण गुरुङले सभापतिमा उम्मेदवारी घोषणा गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १४औं महधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । अहिलेसम्म उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य गगन थापाले मात्र उम्मेदवारी घोषणा गरेका छन् ।

निधिले सभापतिमा उम्मेदवार दिने घोषणा गरिसकेका छन् । नयाँ बानेश्वरमा सम्पर्क कार्यालय खोल्दै उनले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

यसैगरी, युवा नेता गगन थापाले पनि महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले सोमबार काठमाण्डुमा आयोजित कार्यक्रममा औपचारिक घोषणा गरेका हुन् । थापा यसअघि १३औं महाधिवेशनमा पनि महामन्त्रीमा उठेका थिए ।

यसैक्रममा कांग्रेस केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले पनि उम्मदेवारी दिने भएका छन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका गुरुङले बुधबार औपचारिक रूपमा सभापतिमा उम्मेदवारी घोषणा गर्ने बताए । पार्टीमा युवाको हस्तक्षेप बढाउन पनि आफूले सभापतिमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ ।