प्रधानमन्त्री र मन्त्रीका सहयोगीलाई कामअनुसार सुविधा दिन रास्वपा सांसद पराजुलीको माग

प्रधानमन्त्री र मन्त्रीका सहयोगीलाई कामअनुसार सुविधा दिन रास्वपा सांसद पराजुलीको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरत पराजुलीले प्रधानमन्त्री तथा मन्त्रीहरूको सचिवालयमा कार्यरत सदस्यलाई काम र जिम्मेवारीअनुसार उचित सेवा–सुविधा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पराजुलीले प्रधानमन्त्री तथा मन्त्रीहरूको सचिवालयमा कार्यरत कर्मचारीको काम गर्ने समय निश्चित नभए पनि त्यसअनुसार सेवा–सुविधा नपाएको बताए।

उनले नियमित कर्मचारीको कार्यालय आउने र जाने समय निश्चित हुने भए पनि प्रधानमन्त्री तथा मन्त्रीका सचिवालय सदस्यको काम गर्ने समय निश्चित नहुने बताए।

‘कर्मचारीहरूको आउने–जाने निश्चित छ। तर प्रधानमन्त्री र मन्त्रीज्यूहरूको सचिवालयमा काम गर्ने सचिवालयका सदस्यहरूको न आउने समयको टुंगो छ, न जाने समयको टुंगो छ,’ उनले भने।

सचिवालयका सदस्यहरूले २४ घण्टासम्म काम गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै पराजुलीले उनीहरूलाई कामअनुसार जीवनयापन गर्न पुग्ने सेवा–सुविधाको व्यवस्था गर्नुपर्ने बताए।

‘२४ घन्टा नै काम गर्नुपर्छ। सेवा–सुविधा केही पनि छैन। उहाँहरूलाई पनि यथोचित रूपमा काम गर्न पुग्ने, खान पुग्ने गरी सेवा–सुविधाको व्यवस्था गरियोस्,’ उनले भने।

सांसद पराजुलीले सचिवालयमा कार्यरत सदस्यहरूले जीवनयापनका लागि अन्य वैकल्पिक उपाय खोज्नुपर्ने अवस्था आउन नहुने बताए।

‘जीउनकै लागि वैकल्पिक उपाय खोज्न नपरोस् भन्न चाहन्छु,’ उनले प्रतिनिधिसभाको बैठकमा भने।