बागमतीमा मन्त्रीसहित १२ सांसदले छोडे एमालेको साथ, मुख्यमन्त्री शाक्य अल्पमतमा

बागमतीमा मन्त्रीसहित १२ सांसदले छोडे एमालेको साथ, मुख्यमन्त्री शाक्य अल्पमतमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेशका १ मन्त्रीसहित १२ सांसदले नेकपा एमालेको साथ छोडेका छन् ।

बागमती प्रदेशसभामा एमालेका ५२ सांसदमध्ये १२ जनाले मंगलबार माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका हुन् ।

प्रदेश निर्वाचन कार्यालय, हेटौंडामा उपस्थित भई सनाखत गर्नेमा सामाजिक विकास मन्त्री खनालसहित प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठ रहेका छन् ।

१२ जना सांसदले नयाँ दल रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । यो सँगै उनले अब प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । नेकपा एमालेमा एकता कायम राख्न डोरमणि पौडेलले राजीनामा दिएसँगै शाक्य भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन् ।

बागमतीमा ९२ सदस्यीय प्रदेश सभामा एमालेका ५१, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादीका तीन, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक–एक सांसद छन् ।

एकल बहुमत रहेको बागमतीमा १२ सांसद एकीकृत समाजवादीतिर लागेपछि अब प्रदेशसभामा एमाले ४४ सांसदमा खुम्चिएको छ । योसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।