कोभिड–१९ का कारण संसद् विघटन हुदैन : प्रधानमन्त्री सुगा

कोभिड–१९ का कारण संसद् विघटन हुदैन : प्रधानमन्त्री सुगा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – जापानका प्रधानमन्त्री यासिहिदे सुगाले अहिले नै जापानको संसद्को तल्लोसभा हाउस अफ रिप्रेजेन्टेटिभ विघटन नहुने बताएका छन् ।

प्रधानमन्त्री सुगाले राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा आज सो कुराको जानकारी दिएका हुन् । जापानमा पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको र यसका कारण राजनीतिक दल र नागरिकले पनि सरकारको विरोध गर्ने गरेका छन् ।

यहाँका विभिन्न विपक्षी राजनीतिक दलले यही कारणले संसद्को विघटन पनि हुनसक्ने बताएका थिए । दलको यही आशङ्काका बीचमा प्रधानमन्त्री सुगाले संसद् विघटनको कार्यक्रम नरहेको स्पष्ट पारेका हुन् ।

उनले अहिले नै संसद् विघटन नहुने र प्रतिनिधिसभाको निर्वाचन पूर्वनिर्धारित समयतालिका बमोजिम नै हुने पनि जानकारी दिए ।