मानव अंग प्रत्यारोपण ऐनमा थप व्याख्याः काका ससुराले पनि मिर्गौला दिने पाउने

मानव अंग प्रत्यारोपण ऐनमा थप व्याख्याः काका ससुराले पनि मिर्गौला दिने पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले मानव अंग प्रत्यारोपण ऐनको थप व्याख्या गरेको छ । अदालतले मिर्गौला दान गर्न सक्ने नजिकको नातेदारको विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको थप व्याख्या गरेको छ ।

मिर्गौला दान गर्न सक्ने नजिकको नातेदारको विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको थप व्याख्या गर्दै काका–ससुराबाट पनि मिर्गौला दान लिनसक्ने फैसला सुनाएको हो ।

झापाकी एक बिरामीका तर्फबाट दायर भएको मुद्दामा सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले काका–ससुराबाट मिर्गौला दान लिनसक्ने फैसला सुनाएको हो ।