काठमाण्डु – सरकारले केपी ओली नेतृत्वको सरकारले बढाएको सामाजिक सुरक्षा भत्ता कार्यान्वयन गर्ने भएको छ ।
आज बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अघिल्लो सरकारले गत आुिर्थक वर्षको बजेटमा वृद्धि गरेको सामाजिक सुरक्षा भत्तालाई वर्तमान सरकारले कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै प्रकारको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाएका थिए ।
सरकार परिवर्तनपछि अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेटमा सामान्य संसोधन गर्दै प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेका छन् । तर त्यसमा सामाजिक सुरक्षा भत्ता भने नचलाइने निश्चित भएको छ ।




प्रतिक्रिया