काठमाण्डु – नेपाली सेनाले चार हजार जनाका लागि सैन्य पदमा आवेदन खुला गरेको छ । आज सूचना जारी गर्दै चार हजार जना माग गर्दै दरखास्त आह्वान गरेको छ ।
खुलातर्फ २०९६, कर्तव्य पालनाको सिलसिलामा अशक्त/मृत्यु भएका नेपाली सेनाका सन्तति १०८, महिला ३६०, आदिवासी/जनजाति ५७३, मधेसी ५०५, दलित २७३ र पिछडिएको क्षेत्रबाट ५ जना पदपूर्ति गरिने छ ।
नेपाली सेनाका देशैभरि रहेका विभिन्न कार्यालयबाट भर्ना प्रक्रिया सुरू गरिने छ । १८ वर्ष पूरा भई २२ वर्ष ननाघेका नेपाली नागरिकले असोज २४ गतेसम्म आवेदन दिन सक्ने सेनाले जनाएको छ ।
आठ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन् । बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारको हकमा भने अविवाहित हुनुपर्ने दरखास्त आह्वानमा भनिएको छ ।





प्रतिक्रिया