सुदूरपश्चिममा मन्त्रीसहित ३ जना सांसदले राेजे एकीकृत समाजवादी

सुदूरपश्चिममा मन्त्रीसहित ३ जना सांसदले राेजे एकीकृत समाजवादी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेशका थप तीन जना प्रदेश सभा सदस्यले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । यो संगै माधव नेपालको पक्षमा १३ जनाले सनाखत गरेका छन् ।

यसअघि १० जना प्रदेश सभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका थिए । आज भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा तामाङले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरूले पार्टी विभाजनसँगै आज औपचारिकरूपमा प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका हुन् ।

यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरू चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले माधव नेपाल नेतृत्वको नयाँ पार्टीको पक्षमा नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए । निर्वाचन आयोगले दल रोज्नकालागि एमालेका जनप्रतिनिधिहरूलाई भदौ २२ गतेसम्मको समय दिएको छ ।