रोनाल्डोबिनै डेनमार्कविरुद्ध पोर्चुगलको फराकिलो जित

रोनाल्डोबिनै डेनमार्कविरुद्ध पोर्चुगलको फराकिलो जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा पोर्चुगलले यूईएफए नेसन्स लिगमा डेनमार्कलाई ४–२ गोलले पराजित गरेको छ।

बिहीबार राति कोपनहेगनमा भएको खेलमा पोर्चुगलले डेनमार्कलाई हराएको हो। रोनाल्डोको टोलीबाट अचानक बाहिरिएपछि खेलअघि उनको अनुपस्थिति नै मुख्य चर्चाको विषय बनेको थियो।

पोर्चुगलका लागि जोआओ कान्सेलोले खेलको १३औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए। त्यसको १० मिनेटपछि मिकेल डाम्सगार्डले डेनमार्कका लागि बराबरी गोल गरे।

तर त्यसको दुई मिनेटमै गोन्कालो रामोसले गोल गर्दै पोर्चुगललाई पुनः अग्रता दिलाए। दोस्रो हाफको सुरुवातमै रास्मुस होइलुन्डले डेनमार्कलाई २–२ को बराबरीमा ल्याए।

५७औँ मिनेटमा भिटिन्हाले गोल गरेपछि पोर्चुगल फेरि अगाडि बढ्यो। खेल सकिन तीन मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी जोआओ फेलिक्सले गोल गरेपछि पोर्चुगल ४–२ ले विजयी भयो।

यो जितसँगै प्रशिक्षक जर्ज जेसुसको नेतृत्वमा पोर्चुगलले लगातार तेस्रो जित निकालेको छ। रोनाल्डोले प्रशिक्षक जेसुसले डेनमार्कविरुद्ध आफूलाई सुरुवाती टोलीमा नराख्ने घोषणा गरेपछि बुधबार राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका थिए।

उनले सामाजिक सञ्जालमार्फत आफूले टोली छाड्नुको कारण ुउचित समयमा सबै पोर्चुगिज जनतालाई सत्य बताउनेु बताएका छन्। जेसुसले भने खेलमा रोनाल्डोको अनुपस्थितिभन्दा टोलीको प्रदर्शन महत्वपूर्ण भएको बताएका छन्। उनले टोलीमा सबै खेलाडीका लागि नियम समान रहेको पनि बताएका छन्।