एजेन्सी – पश्चिम अफ्रिकी देश गिनीमा सेनाले सत्ता कब्जा गरेको छ । सेनाका कर्नेलले एक टेलिभिजनमार्फत अब गिनीमा सेनाले सत्ता चलाउने घोषणा गरेका हुन् । सेनाले सत्ता हातमा लिएसँगै राष्ट्रपति अल्फा कोन्डे नेतृत्वको सरकार भङ्ग भएको छ ।
सेनाले सबै सीमा क्षेत्रमा आवागमन बन्द गरिदिएको छ । यसअघि केही घण्टा राष्ट्रपति कार्यालय नजिक गोलाबारी भएको जनाइएको छ । पश्चिमी अफ्रिकी देश गिनी प्राकृतिक स्रोत साधनले भरिपूर्ण छ तर अस्थिरता र अशान्तिका कारण विश्वकै गरिब देशको सूचीमा छ ।




प्रतिक्रिया