सुनील शर्मा सर्वाधिक मतसहित कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

सुनील शर्मा सर्वाधिक मतसहित कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट डा. सुनील शर्मा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधिका लागि १५ जनाबीच प्रतिस्पर्धा भएको थियो। शर्माले ६४८ मत प्राप्त गर्दै खुलातर्फ सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका हुन्।

खुलातर्फ शर्मासहित जिल्ला सचिव ललितबहादुर श्रेष्ठ, प्रदेशसभाका पूर्वसांसद सूर्यराज राई, शिवप्रसाद ढकाल, महेन्द्रप्रसाद सुवेदी, गोपालबहादुर थापा, सञ्जय भट्टराई, गणेशकुमार खड्का, लोकप्रसाद संग्रौला र लोककिरण न्यौपाने निर्वाचित भएका छन्।

ढकाल र न्यौपाने पहिलोपटक महाधिवेशन प्रतिनिधि बनेका हुन्।महिला खुलातर्फ नितु कोइराला, रेखाकुमारी चौहान, राधा संग्रौला र कविता न्यौपाने निर्वाचित भएका छन्।

आरक्षणतर्फ जनजातिबाट मानबहादुर लिम्बू र विक्रम राई तथा जनजाति महिलातर्फ वीना राई र तुलसा याक्खा निर्वाचित भएका छन्। खसआर्य पुरुषतर्फ बाबुराम दाहाल र विमल संग्रौला निर्वाचित भएका छन्।

युवा आरक्षणतर्फ सुविन पराजुली, गिरिसकुमार साम्बा र एरिका ढकाल तथा दलिततर्फ भुपेन्द्र रणपहेली निर्वाचित भएका छन्।

त्यस्तै, प्रजातन्त्र सेनानीतर्फ बसन्त भट्टराई, पेशागत विषय विज्ञतर्फ केशव निरौला र अपाङ्गतातर्फ गंगाबहादुर याक्खा महाधिवेशन प्रतिनिधि बनेका छन्।

यसअघि खसआर्य महिलातर्फ कृष्णकुमारी विष्ट, दलिततर्फ विजय तोलाङ्गी र श्रमिकतर्फ रुपनारायण भट्टराईको एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका थिए।

कांग्रेसको १५औँ महाधिवेशनमा क्षेत्रीय सभापति, प्रदेश निर्वाचन क्षेत्रका सभापति तथा गाउँ-नगर सभापतिलाई समेत केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व गराउने व्यवस्था गरिएको छ।