चीनका लागि जर्मन राजदूत हेकरको आकस्मिक निधन

चीनका लागि जर्मन राजदूत हेकरको आकस्मिक निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीनका लागि जर्मनीका राजदूत ज्यान हेकरको सोमबार निधन भएको छ । ५४ वर्षीय राजदूत हेकरले कार्यभार सम्हालेको केही दिनमै उनको निधन भएको हो ।

जर्मन सरकारले हेकरको आकस्मिक निधनले गहिरो दुःख र निराशा उत्पन्न गराएको जानकारी दिएको छ । राजदूत हेकरका पत्नी र तीन छोराछोरी छन् । शुक्रबार स्वस्थ रुपमा एक सांस्कृतिक कार्यक्रममा उपस्थित रहेका हेकरको सोमबार आकस्मिक रुपमा निधन भएको जनाइएको छ ।