सरकारलाई ओलीको प्रश्न: नेपाली नागरिक मारिँदा पनि भारतसँग किन चुइँक्क बोल्न सक्नुहुन्न ?

सरकारलाई ओलीको प्रश्न: नेपाली नागरिक मारिँदा पनि भारतसँग किन चुइँक्क बोल्न सक्नुहुन्न ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुलास्थित महाकाली नदीमा भारतीय एसएसबीले तुइन चुँडाएर जयसिंह धामी बेपत्ता भएको घटनाबारे नेपाल सरकारले भारतलाई किन थाहा नदिएको भनेर प्रश्न गरेका छन् ।

सोमवार युवा सङ्घले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले दार्चुला घटनाबारे भारत सरकारलाई थाहा नभए नेपाल सरकारले किन थाहा दिन नसकेको भन्दै प्रश्न गरेका हुन् । अध्यक्ष ओलीले पाँच दलको सरकार हुँदा पनि नेपाली नागरिकलाई महाकालीमा खसालेको विषयमा सरकारले भारतसँग चुइँक्क बोल्न नसकेको बताएका छन् ।

उनले भने,  ‘तुइनबाट एउटा मान्छेलाई खसालिन्छ तर तपाईँहरू बोल्ने आँट गर्नुहुन्न । नेपाली झारिन्छ तर तपाईँहरू बोल्न सक्नुहुन्न । भारत सरकारलाई थाहा छैन भने तपाईँहरू किन थाहा दिन सक्नुहुन्न? नागरिक मारिँदा पनि चुइँक्क बोल्न सक्नुहुन्न ?’ त्यसैगरी अध्यक्ष ओलीले सडकमा युवा ओर्लँदा लाठी बजार्ने तर नेपाल र नेपालीविरुद्ध विरुद्ध कसैले केही गर्दा चुइँक्क बोल्न नसक्ने भनी सरकारको आलोचना गरेका छन् ।