एमसीसी उपाध्यक्ष काठमाण्डु ओर्लिँदा जे–देखियो (फोटोफिचर)

एमसीसी उपाध्यक्ष काठमाण्डु ओर्लिँदा जे–देखियो (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाण्डु आइपुगेको छ ।

उनको चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा छन्। उनीहरू बिहीबार कतारबाट काठमाण्डु आएका हुन् ।

नेपालमा एमसीसी संसदमा पास गर्ने विषय पेचिलो बनिरहेका बेला उनी नेपाल आएकी हुन् । सुमारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली, प्रधानमन्त्री शेरबहादुर देउवालगायतसँग भेट गर्ने कार्यक्रम छ ।

‘एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको र संशोधन पनि गर्न नमिल्ने’ भन्दै एमसीसीले बुधबार मात्र नेपाल सरकारलाई जवाफ फर्काएको थियो । सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना अझै अगाडि बढ्न सकेको छैन ।

प्रहरीले त्रिभुवन अन्राष्ट्रिय विमानस्थल बाहिर उपाध्यक्ष फातिमाको विरोधमा उत्रिएकाहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले अधिवक्ता स्वागत नेपालसहित ६ जनालाई पक्राउ गरेको छ।