देउवाको गृहजिल्लामा वडा अधिवेशन भएपछि रिसाए रामचन्द्र पौडेल

देउवाको गृहजिल्लामा वडा अधिवेशन भएपछि रिसाए रामचन्द्र पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिता वेगर प्रशासनिक शक्तिको दुरुपयोग गरी नेपाली कांग्रेसको वडा अधिवेशन गराएकोमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् । उनले पार्टी इतिहासमै आन्तरिक निर्वाचनमा शक्ति र सत्ताको दुरुपयोग भएको भन्दै लोकतन्त्रकै उपहास भएको टिप्पणी गरेका छन् ।

‘पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र (तर व्यवहार अलोकतान्त्रिक),’ पौडेलले भने, ‘नेपाली कांग्रेस पार्टीको इतिहासमै आन्तरिक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक छ ।

महाधिवेशनको लागि यो शुभसंकेत होइन ।’ शुक्रबार बिहानमात्रै संस्थापनइतर समूहका नेताहरू कांग्रेसको अधिवेशनमा प्रहरी प्रशासनको हस्तक्षेप रोक्न भन्दै प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । पौडेल नेतृत्वको टोलीमा महामन्त्री डा।शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा।मिनेन्द्र रिजाल, जीवन परियारले देउवालाई भेटेर ध्यानाकर्षण गराएका थिए ।