प्रधानमन्त्री र एमसीसी उपाध्यक्षबीच भेट, एमसीसी र नेपाल–अमेरिका सहयोगबारे छलफल

प्रधानमन्त्री र एमसीसी उपाध्यक्षबीच भेट, एमसीसी र नेपाल–अमेरिका सहयोगबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । एमसीसी उपाध्यक्ष सुमारसहितको टोली बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेर देउवासँग भेटवार्ता गरेको हो ।

उनीहरुबीचको भेटमा एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरुसहित नेपाल–अमेरिका सहयोगबारे छलफल भएको प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

भेटमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका सहउपाध्यक्ष जोनाथन ब्रुक्स लगायत सहभागी थिए । प्रधानमन्त्री देउवा जारी संसदबाट एमसीसी पास गराउन लबिङ गरिरहेका छन् । तर, उनकै सत्ता गठबन्धन सम्बद्ध दलहरु त्यसका विरुद्धमा उत्रिएका छन् ।

बिहीबार काठमाण्डु आएकी सुमारले यसअघि नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, स्थायी समिति सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्वकिय सचिवहरु गंगा दाहाल र जोखबहादुर महरा, एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेताहरु गंगालाल तुलाधार र विदेश विभाग प्रमुख मिलन तुलाधार, जसपाका संघिय परिषद अध्यक्ष बावुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरिसकेकी छन् ।