काठमाण्डु – वि.सं.२०७८ साल भदौ २६ गते । शनिबार । ईश्वी सन् २०२१ सेप्टेम्बर ११ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १२ मिनेटमा ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सरकारी तथा प्रशासनिक काम समयमा सम्पादन गर्न सकिनेछ । आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ननेछ । आम्दानी बढाउन सकिनेछ । आकस्मिक धन तथा सम्पत्ति हात लागि हुने योग रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ प्रकृतिको काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउन सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बोलीको प्रभाव बढ्ने तथा महत्त्वपूर्ण कामहरू आज नै फत्ते गर्नु उचित हुनेछ ।आफन्त सँगको सम्बन्ध सुधार गर्दै अगाडी बढ्न सके फाइदा हुने योग रहेको छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) छोटो तथा रमाइलो यात्रा तय हुनेछ । माया प्रेम तथा पति पत्नी बीच विश्वासको वातावरणमा थप प्रगाढता आउनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा अविश्वास तथा धोका हुने अधिक सम्भावना रहेको छ ।पढाइ लेखाइमा मन नजाने तथा अल्छी गर्नाले नतिजा बिग्रनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा सामीप्य बढेर जानेछ भने घर परिवार तथा आफन्त बीचको सम्बन्धमा सुधार भएर जानेछ । अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त सँगको सम्बन्ध सुधार गर्दै अगाडी बढ्न सके फाइदा हुने योग रहेको छ । पशुपालन व्यावसायबाट भने आम्दानी केही मात्रामा बढाउन सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सामाजिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो दूरीको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) यात्राका क्रममा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ ।आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ ।




प्रतिक्रिया