काठमाण्डु – नेपाल चेम्वर अफ कमर्सले नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिलाइ बधाई तथा शुभकामना दिदै स्वागत गरेको छ ।
शुक्रबार भएको कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निजि क्षेत्रका समस्या र चुनौतिलाई प्रष्टसंग राख्नका लागि सेजन उपयुक्त थलो भएको बताए । आर्थीक एजेण्डालाई अझ प्रभावकारी बनाएर सञ्चार माध्यममा उजागर गर्न नयाँ कार्यसमितिको भुमिका महत्वपूर्ण हुने विश्वास लिएको बताए ।
आर्थिक समृद्धिको सवालमा समान अवधारणा भएकोले आर्थिक पत्रकारिता र निजी क्षेत्र एकै रथका दुइ पांग्रा भएको उनले उल्लेख गरे । उनले निजी क्षेत्रको जायज मागलाइ सदैव समाचार सम्प्रेषण गरि दिन समेत आग्रह गरे । अध्यक्ष मल्लले सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण भएमा निजी क्षेत्रको मनोवल पनि बढ्न जाने बताए ।
यस्तै कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्ष जनार्दन बरालले नेपालको सवै भन्दा जेष्ठ संस्था नेपाल चेम्वर अफ कमर्सले नेपाल आर्थिक पत्रकार समाज– क सेजन) का पदाधिकारी तथा सदस्यहरुलाइ स्वागत गरेकोमा आभार व्यक्त गरे । सेजन सदैव स्वच्छ व्यवसाय प्रवद्र्धनको पक्षधर भएको र निजी क्षेत्रको सम्वद्र्धनको लागि पनि सुरु देखिनै पैरवी गर्दै आएको उनले बताए ।




प्रतिक्रिया