एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक मङ्गलबार

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक मङ्गलबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक यही भदौ २९ गते मङ्गलबार काठमाण्डुमा बस्ने भएको छ।

बैठकमा केही नेताको कार्य विभाजन, देशभर सङ्गठन विस्तारका लागि आवश्यक कमिटी गठन र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

यसअघि पार्टीले विभिन्न ६ प्रदेशमा इन्चार्ज तोक्नाका साथै केही विभाग गठन गरेर नेताहरुलाई जिम्मेवारी प्रदान गरेको थियो । नेकपा (एमाले) बाट अलग भई हालै गठन भएको नेकपा (एकीकृत समाजवादी) ले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्ने क्रममा जनवर्गीय सङ्गठन निर्माण गरिरहेको छ । पार्टीको यही भदौ २७ गते गण्डकी प्रदेशको भेला पोखरामा गर्न लागिएको बताइएको छ ।