भक्तपुरमा नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी गठन

भक्तपुरमा नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले भक्तपुरमा पार्टीको जिल्ला कमिटी गठन गरेको छ । नेकपा एमालेका तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख श्याम बस्नेतका अध्यक्षतामा भक्तपुरमा ७७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो ।

नेता बस्नेत यसअघि गठन गरिएको नेकपा एमालेको समानान्तर जिल्ला समितिका सचिव थिए । समितिको उपाध्यक्षमा प्रेमानन्दलाल श्रेष्ठ, सचिवमा पुरुषोत्तम लामिछाने र उपसचिवमा रामगोपाल चौगुठी चयन भएका छन् ।

नवगठित कमिटीका अध्यक्ष बस्नेतले जिल्लामा छिट्टै अगुवा कार्यकर्ता भेला गरी वडा, नगर र क्षेत्रीय कमिटी, विद्यार्थी, युवा र महिला कमिटी गठन गर्दै आउँदो स्थानीय तहको निर्वाचन पार्टीको उपस्थितिलाई बलियो बनाइने बताए ।