एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलायो, यस्ता छन् एजेण्डा

एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलायो, यस्ता छन् एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

नेकपा एसले आफ्नो पहिलो केन्द्रीय कमिटीको बैठक असोज ५ गतेका लागि बैठक डाकिएको नेता वेदुराम भुसालले जानकारी दिए । बैठकले विभिन्न जिल्लामा नेताहरुको जिम्मेवारी तोक्ने उनले बताए ।

नेकपा एमालेबाट विभाजित भएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।