बारा र तनहुँका सिडिओ फेरिए

बारा र तनहुँका सिडिओ फेरिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् । गृह मन्त्रालयले बारा र तनहुँका सिडिओ परिवर्तन गरेको हो ।

मन्त्रालयले विपद् जोखिम प्राधिकरणमा कार्यरत विश्व अर्याललाई तनहुँमा पठाएको छ । यसअघि तनहुको सिडिओमा सागर आचार्य थिए ।

त्यस्तै बारामा सुरेन्द्र पौडेलको ठाउँमा झुम्का कारागारमा कार्यरत कृष्णबहादुर कटवाललाई पठाइएको छ । त्यस्तै गृहले अन्य जिल्लाका सिडिओको पनि जिम्मेवारी हेरफेर गर्ने तयारी गरेको छ ।