कस्तो रहला आजको मौसम पूर्वानुमान

कस्तो रहला आजको मौसम पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।हाल नेपालमा भारतको ओडिसा र आसपासमा अवस्थित न्यून चापीय प्रणालीका कारण माैसम हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे  जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

हाल प्रदेश नं १, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदलीसहित थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने बाँकी प्रदेशका भूभागमा आंशिक बदली रहेको छ । दिउँसाे देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।