काठमाण्डु – सम्पूर्ण मानिसहरूको चाहना आफू स्वस्थ रहने हुन्छ । हामी आफूलाई स्वस्थ राख्नको लागि व्यायाम गर्छौं । त्यसैगरी हामी विशेष गरेर खानपिनमा ध्यान दिने गर्दछौँ । हामीलाई लाग्दछ की स्वस्थ रहनको लागि पौष्टिक आहारको आवश्यक पर्दछ । धेरै जसोलाई थाहा हुँदैन कि पौष्टिक आहार सँगै पर्याप्त निन्द्राको पनि आवश्यक पर्दछ ।
कतिपयको धेरै सुत्ने बानी हुन्छ भने कतिपयको विभिन्न कारणवश थोरै सुत्ने बानी हुन्छ । धरै जसो चाँही कहिले धेरै समय सम्म सुत्ने कहिले थोरै समय सुत्ने बानी हुन्छ । यसले गर्दा पनि पर्याप्त निन्द्रा पुगेन भने हामी अस्वस्थ बन्न पुग्छौँ । त्यसकारण हामीले ठिक समयमा सुत्ने ठिक समयमा उठ्ने गर्नु पर्दछ ।
यसमा पनि हामीले ध्यान दिनु पर्ने कुरा के छ भने उमेर अनुसार फरक – फरक अवधिमा निन्द्रा पुरा गर्नुपर्दछ । अमेरिकाको राष्ट्रिय निद्रा फाउन्डेसनले गरेको अनुसन्धानअनुसार उमेर अनुसार सुत्ने अवधि फरक हुन्छ ।
उमेर अनुसार सुत्ने अवधि निम्नलिखित छ –
शून्यदेखि तीन महिनाको बच्चाले १४ देखि १७ घन्टा सुत्नुपर्छ ।
चारदेखि ११ महिनाको बच्चाले १२ देखि १५ घन्टा सुत्नुपर्छ ।
एकदेखि दुई वर्षको बच्चाले ११ देखि १४ घन्टा सुत्नुपर्छ ।
तीनदेखि पाँच वर्षको बच्चाले १० देखि १३ घन्टा सुत्नुपर्छ ।
६ देखि १३ वर्षको बच्चाले नौदेखि ११ घन्टा सुत्नुपर्छ ।
चौधदेखि १७ वर्षको किशोरले आठदेखि १० घन्टा सुत्नुपर्छ ।
अठारदेखि ६४ वर्षको मानिसले आठदेखि नौ घन्टा सुत्नुपर्छ ।
पैंसट्ठी वर्षभन्दा माथिको मानिसले सात घन्टा सुत्नुपर्छ ।




प्रतिक्रिया