काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदलीसहित प्रदेश २, बागमती र गण्डकी प्रदेशमा केही स्थानहरूमा हल्का वर्षा भइरहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति लुम्बिनीका धेरै स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।
बिहीबार लुम्बिनी र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ । बिहीबार राति प्रदेश २ र बागमतीका केही अन्य प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।




प्रतिक्रिया