काठमाण्डु – राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुनर्निमाणसंग सम्बन्धित बाँकी कामहरु बिषयगत मन्त्रालय र विभाहरुलाई हस्तान्त्रण गर्ने भएको छ ।
सरकारले पुस १० गतेपछि प्राधिकरण नै खारेज गर्ने तयारी गरेअनुसार बाँकी रहेका काम सम्बन्धित विषयगत मन्त्रालय अन्तरगतका विभागलाई जिम्मा लगाउन लागिएको प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए ।
प्रधानमन्त्री एवम् प्राधिकरणको निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा भदौ ९ गते बसेको निर्देशक समितिको २० औं बैठकले निजी आवास लगायतका कार्यहरुको हस्तान्तरण सुरु गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार आज शिक्षा विभाग, शहरी विकास विभाग र स्थानीय पूर्वाधार विभागलाई प्राधिकरणले काम शरु हुन र सम्पन्न हुन बाँकी आयोजनाहरुको जिम्मेवारी हस्तान्तरण गर्न लागेको हो । त्यसका लागि प्राधिकरणमा आज दिउँसो एक औपचारिक कार्यक्रम राखिएको सूचना अधिकारी घिमिरेले बताए ।
प्राधिकरणले रानीपोखरी, धरहरा, सिंहदरबारको मुख्य भवन र नारायणहिटी संग्राहलयभित्रको रणोदीप मन्दिर भने तत्कालै कुनै निकायलाई जिम्मा नलगाउने बताएको छ । ती पुरातात्विक महत्वका सम्पदाहरु प्राधिकरण आफैं संलग्न भएर पुनर्निर्माण गर्ने बताइएको छ ।
सरकारले २०७७ मंसिर १५ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि एक वर्ष थप २०७८ पुस १० गतेसम्म पु¥याएको थियो । २०७२ पुस १०मा गठन भएको प्राधिकरणले सो अवधिसम्म निजी आवास, सिंहदरबार, रानीपोखरी एवं धरहरा पुनर्निर्माणसँग सम्बन्धित अन्तिम फर्स्योट गर्नुपर्ने भनिएको थियो ।
प्राधिकरणलाई बाँकी काम छिटो हस्तान्तरण गरेर विघटनको प्रक्रियामा जाने निर्णय लिएपछि जिम्मेवारी हस्तान्तरण शुरू भएको हो । यसले २०७८ पुस १० पछि प्राधिकरण नरहने अब निश्चित भएको छ ।६ बर्षसम्म हासील गरेको अनुभव आदानप्रदान गर्न प्रधिकरणले खारेज हुनुअघि अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरेको छ ।




प्रतिक्रिया