लोसपामा सदस्यता वितरण खुला, महन्थले लिए १० रुपैयाँ तिरेर पहिलो सदस्यता

लोसपामा सदस्यता वितरण खुला, महन्थले लिए १० रुपैयाँ तिरेर पहिलो सदस्यता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सदस्यता वितरण अभियान सुरु गरेको छ ।

महन्थ ठाकुर नेतृत्वको लोसपाले मंगलबारदेखि सदस्यता वितरण अभियान सुरु गरेको हो । जनता समाजवादी पार्टी (जसपा) फुटाएर नयाँ पार्टी गठन गरेका ठाकुरले १० रुपैयाँ तिरेर लोसपाको पहिलो सदस्यता लिएका छन् ।

अध्यक्ष ठाकुरलाई लोसपाकै ज्येष्ठ नेता सर्लाहीका प्रदीप नारायण यादवले सदस्यता प्रदान गरेका थिए । त्यसपछि अध्यक्ष ठाकुरबाट वरिष्ठ नेता राजेन्द्र महतो, वरिष्ठ नेता शरतसिंह भण्डारी र कार्यकारिणी सदस्य अनिलकुमार झाले सदस्य प्राप्त गरेका छन् ।

हाललाई साधारण सदस्यता लिएका उनीहरुले केही दिनमै सक्रिय सदस्यता लिने कार्यालय सचिव प्रदीप पाठकले बताए । लोसपामा १० रुपैयाँ तिरेर फारम भरेपछि मात्र पछि सक्रिय सदस्यता पाइनेछ । सक्रिय सदस्यताका लागि भने ५० रुपैयाँ तोकिएको छ ।