काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली रूपन्देहीको भैरहवा पुगेका छन् । बुधवार बुटवलमा आयोजना गरिएको कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली रूपन्देही पुगेका हुन् ।
आज बिहानै रूपन्देही जाने तयारी भए पनि मौसममा खराबीका कारण अध्यक्ष ओली दिउँसो २ बजे मात्र भैरहवा पुगेका जनाइएको छ । ओलीले मंगलबार मात्र गृहजिल्ला झापाका कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए ।
माधवकुमार नेपाल समुह नेकपा एमालेबाट अलग्गिएर नयाँ पार्टी खोलेसँगै अध्यक्ष ओली जिल्ला जिल्लामा कार्यकर्ता भेला सम्बोधन कार्यक्रममा व्यस्त छन् ।




प्रतिक्रिया