अनेरास्ववियूले नयाँ नेतृत्व पाउँदै, यी हुन अध्यक्षका दाबेदार

अनेरास्ववियूले नयाँ नेतृत्व पाउँदै, यी हुन अध्यक्षका दाबेदार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले नयाँ नेतृत्व पाउने भएको छ । अध्यक्ष ऐन महर अनेरास्ववियूबाट बिदा हुनेपछि नयाँ नेतृत्व चयनको बाटो खुलेको हो ।

शनिबार बस्ने अनेरास्ववियूको सचिवालय बैठकले नयाँ नेतृत्व चयन गर्ने भएको हो । हालका अध्यक्ष ऐन महरलाई पार्टी नेतृत्वले केन्द्रीय कमिटीमा मनोनित गर्ने आश्वासन दिएको स्रोतले जानकारी दियो ।

नेतृत्वबारे छलफल गर्न महासचिव ईश्वर पोखरेलको उपस्थितिमा अनेरास्ववियूको स्थायी समितिको बैठक जारी छ । बैठकमा जनवर्गीय मोर्चा इन्चार्ज पार्टी स्थायी समिति सदस्य टोप बहादुर रायमाझीलगायतका नेताहरु उपस्थित छन् ।

अनेरास्ववियूको नयाँ नेतृत्वमा चार जना आकांक्षी देखिएका छन् । अध्यक्षमा उपाध्यक्षहरु रश्मी आचार्य, महेश बर्तौला, सुनिता बराल र सचिव तथा प्रवक्ता आरसी लामिछानेबीच प्रतिष्पर्धा हुने भएको हो ।

साथै महासचिवमा समिक बडालको चर्चा छ । भोलीको बैठकले अध्यक्षसहित अन्य पदाधिकारी र केन्द्रीय कमिटीको टुंगो लगाउने भएको छ ।