जनकपुरधाम – मधेस प्रदेशसभा बैठक भोलि शनिबार दिउँसो १ बजेदेखि बस्ने गरी आह्वान गरिएको छ ।
मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्)को शनिबार बसेको बैठकको निर्णयअनुसार प्रदेशसभा आह्वान गर्न सिफारिस भएपछि प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयबाट शुक्रबार जारी विज्ञप्तिअनुसार विक्रम संवत् २०८३ कात्तिक २८ गते शनिबार दिउँसो १ बजेदेखि लागू हुने गरी मधेस प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ ।
प्रदेशसभा आह्वानसम्बन्धी जानकारी प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत कृष्ण ठाकुरद्वारा जारी विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।


प्रतिक्रिया