संसदमा एमालेको अर्को नाराबाजी, सभामुखले नियमित बैठक चलाए (लाइभ)

संसदमा एमालेको अर्को नाराबाजी, सभामुखले नियमित बैठक चलाए (लाइभ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभाको बैठक सुरु भएको छ । केहीबेरअघि सुरु भएको बैठकमा नेकपा एमालेले विरोध जनाएको छ ।

सभामुख अग्नि प्रसाद सापकोटाले १४ जना सांसदलाई कारबाही गरेको सूचना प्रकाशित नगरेको भन्दै एमालेले निरन्तर अवरोध जारी राखेको छ । बैठक सुरु हुनासाथ एमाले सांसदहरुले बेल घेराउ गर्दै चर्को नाराबाजी गरेका छन् ।

सत्ता गठबन्धनले एमालेलाई सहमतिमा ल्याएर बैठक सञ्चालन गर्न सुझाव दिएपनि सभामुखले वेवास्ता गर्दै बैठक सञ्चालन गरेका हुन् । अघिल्लो प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयकलाई अघि बढाउने सभामुख सापकोटाको तयारी छ ।