अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सर्‍यो

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सारिएको छ ।

यही असोज ८, ९ र १० गते गर्ने भनिएको २२ औँ राष्ट्रिय सम्मेलन तयारी नपुगेको भन्दै सारिएको हो । मंगलवार केन्द्रीय कार्यालय टिमको बैठक बसेर असोज १४, १५ र १६ गते काठमाण्डुमा सम्मेलन गर्ने निर्णय भएको जनाइएको छ ।

केही प्रदेशको सम्मेलन बाँकी रहेको र पूर्वतयारी पनि नसकिएकाले राष्ट्रिय सम्मेलन १४ गतेबाट सुरु गर्ने निर्णय गरिएको अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताएका छन् ।