मेयरलाई मुक्का हान्ने कार्यकर्तामाथि मुद्दा चलाउने पक्षमा छैनौं : एमाले

मेयरलाई मुक्का हान्ने कार्यकर्तामाथि मुद्दा चलाउने पक्षमा छैनौं : एमाले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले बुटवल उपमहानगरपालिकाका प्रमुखमाथि मुक्का प्रहार गर्ने कार्यकर्तामाथि मुद्धा नचलाउने बताएको छ ।

नेकपा एमाले बुटवल उपमहानगरका अध्यक्ष बाबुराम पन्थीले आज पत्रकार सम्मेलन गर्दै उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीमाथि घटेको घटना दुःखद र गलत भएको भन्दै मुक्का प्रहार गर्ने अनेरास्ववियु रुपन्देहीका सदस्य गणेश पंगेनीमाथि मुद्धा नचलाउने बताएका हुन् ।

‘घटना जसरी भयो, त्यो गलत छ । तर, यस घटनालाई मुद्दाका रूपमा अघि बढाउने पक्षमा हामी छैनौं’, उनले भने । एमालेका जिल्ला अध्यक्षसमेत रहेका सुवेदीलाई आफ्नै कार्यकर्ताले मुक्का हानेपछि पार्टीभित्र पनि बहस सृजना गरेको छ । नगर प्रमुख सुवेदीमाथिको आक्रमणलाई भने बुटवल उपमहानगरले नियोजित भएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेको थियो ।

पहिरो निरीक्षणका लागि बुटवल–३ ज्योतिनगरमा गएका नगरप्रमुख सुवेदीलाई सोमबार पंगेनीले मुक्का प्रहार गरेका थिए । पंगेनीलाई सोमबार साँझ ७ बजे नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । ज्योतिनगरका स्थानीयसमेत रहेका पंगेनी पहिरो प्रभावित हुन् ।