गोरखा — गोरखामा जलाउन लागेको शवसहित १७ जना मलामीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ।
प्रहरीले भिमसेन थापा गाउँपालिका–१ मसेलस्थित निवेल घाटबाट प्रहरीले मृतक विधा विश्वको शव र उनका छोरासहित मलामीहरुलाई नियन्त्रणमा लिएको हो ।
एक साताअघि छोराको कुटाइबाट घाइते बनेकी आमाको शनिबार बिहान तीन बजेतिर मृत्यु भएको थियो ।
भिमसेन थापा गाउँपालिका–१ मसेलस्थित माझथोकका ३५ वर्षीय राजेश विश्वले आमा विधालाई कुटपिट गरी घाइते बनाएका थिए।
डिएसपी भेषराज रिजालका अनुुुसार शवलाई पोस्टमार्टका लागि गोरखा अस्पतालमा राखिएको छ। छोरा राजेशसहित अन्य मलामीहरुलाई घटनाबारे सोधपुछको काम भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया