गुल्मी – पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको ज्यानको मृत्यु भएको छ । मंगलबार राति आएको पहिरोले पुरिएर गुल्मीको रेसुङ्गा नगरपालिका–८ का ३ को मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र जमुना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। गंगा-जमुना जुम्ल्याहा हुन्।राति १२ बजेतिर घरमाथिबाट ढुंगासहित खसेको पहिरोले घरमा सुतिरहेका तीन दिदीबहिनीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीले घरमुली तिलक परियार, उनकी श्रीमती र अर्की एक छोरी भने सुरक्षित रहेको बताएकाे छ। मृतकहरुको शव निकाल्न राति नै नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो ।




प्रतिक्रिया