स्थानीय चुनावबारे छलफल गर्न राजनीतिक दलहरूलाई निर्वाचन आयोगमा बोलावट, मंसिर ४ गते बैठक

स्थानीय चुनावबारे छलफल गर्न राजनीतिक दलहरूलाई निर्वाचन आयोगमा बोलावट, मंसिर ४ गते बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले आगामी निर्वाचनबारे छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई छलफलमा बोलाएको छ ।

आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई मंसिर ४ गते हुने छलफलमा बोलाउन पत्राचार गरिएको जानकारी दिए ।

सरकारले आगामी फागुन महिनामा स्थानीय तह निर्वाचन गर्न तयारी गरिरहेका बेला दलहरूलाई छलफलमा बोलाएको हो ।

प्रतिनिधिसभा निर्वाचन भइसकेको सन्दर्भमा स्थानीय तह निर्वाचन र प्रदेशसभा सदस्य निर्वाचन कसरी गर्ने भन्नेबारे आयोगले दलहरूसँग छलफल गर्न लागेको छ । दलहरूसँगको छलफलपछि आयोगले सरकारलाई निर्वाचनबारे सिफारिस गर्नेछ ।