काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ९ सय ३० जनाको पीसीआर परीक्षण गर्दा १४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २१ हजार १ सय ३९ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा १६ सय ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । आज थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया