आगामी पाँच बर्ष आसियानको व्यापार र अर्थ व्यवस्थाको डिजिटलीकरणको लागि महत्वपूर्ण : डा ले

आगामी पाँच बर्ष आसियानको व्यापार र अर्थ व्यवस्थाको डिजिटलीकरणको लागि महत्वपूर्ण : डा ले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिंगापुर – आईसीटी र पर्यटन आसियान सचिवालयका सहायक निर्देशक डा. ले क्वांग लानले आगामी पाँच बर्ष आसियानको व्यापार र अर्थव्यवस्थाको डिजिटलीकरणको लागि महत्वपूर्ण चरण भएको बताएका छन् ।

डिजिटल बिजनेस फोरम निक्की र यूसुफ इसाक इन्टिच्युटले आयोजना गरेको आसियान इकोनोमिक मिनिस्टरस् बैठक सहायक निर्देशक डा. लेले सो बताएका हुन् ।

‘आगामी पाँच बर्ष एक समावेशी, दिगो र एकीकृत डिजिटल अर्थव्यवस्थाको समुदायको लागि आसियानलाई रूपान्तरण गर्नको लागि एक महत्वपूर्ण चरण हो,’ उनले भने । यस प्रक्रियाको लागि आसियान सदस्य राज्यबाट कडा प्रतिबद्धता, आसियानको क्षेत्रीय निकायहरुबीच प्रभावी समन्वय र निजी क्षेत्र सहित सरोकारवालाहरुको ठूलो योगदानको आवश्यकता रहेको लेल बताए ।

ह्वावे एशिया प्रशान्तका उपाध्यक्ष जे चेनले यस क्षेत्रमा बृद्धिको सम्भावना अनलक गर्नको लागि डिजिटल परिवर्तन छरितो गर्नु आवश्यक रहेको बताए ।

दक्षिणपूर्वी एशियालाई विकासको लागि यो महत्वपूर्ण पाँच बर्षहरुमा अवसरहरुको उपयोग गर्नको लागि ह्वावेले “एशिया प्रशान्तमा, एशिया प्रशान्तको लागि’ प्रतिज्ञा अन्तर्गत पूर्वाधार, कनेक्टिविटी, नर्चर स्टार्ट–अप र डिजिटल कुशल प्रतिभा उत्पादन गर्न प्रतिबद्ध जनाएको छ ।

आइएसइएसका भिजिटिङ सिनियर डा. जयंत मेनन फेलोले कोरोना महामारीले गर्दा एन्टी–ग्लोबलाइजेसन शक्तिहरुको फोकस व्यापार उदारीकरणबाट पूँजी, श्रम र डाटा गतिशीलतामा सरेको बताए ।

उनले डिजिटल रुपान्तरणको जुन चरणमा भएपनि यस क्षेत्रमा रहेको सबै देशहरुलाई फाइदा हुने गरी डिजिटलाइजेसनबाट काम गर्नुपर्ने बताए । फोरममा वक्ताहरुले एआई क्लाउड, इन्टरनेट अफ थिंग्स र फाइभ जी जस्ता अत्याधुनिक प्रविधिहरु सबै डिजिटल पूर्वाधार भएको बताएका थिए ।

सेन्ट ग्यालेन एन्डोमेन्ट फर प्रोस्पेरिटी थ्रु ट्रेडका सीईओ डा. जोहान्स फ्रिट्जले पारस्परिक विश्वास र डाटा गभर्नन्सको मान्यता डिजिटल व्यापारलाई अगाडि बढाउने एक महत्वपूर्ण तत्व भएको बताए ।

‘डिजिटल डिभाइड, साइबरसुरक्षा र डाटा व्यवस्थापन (विशेष गरी कम विकसित देशहरु र फ्रन्ट–रनरहरु बीच) को चिन्तनलाई सम्बोधन गर्नको लागि, निजी कम्पनीहरु नीति निर्माणमा बहुमूल्य योगदानकर्ता हुन् । किनकि उनीहरु यथार्थपरक नियमहरुलाई आकार दिन मद्दत गर्दछन्, जुन बिजनेस फ्रेन्डली छ, जुन साझा रुचिलाई स्वीकार गर्दछ र सामाजिक अन्तर जस्तै इन्टरनेट पूर्वाधार र डिजिटल कौशल बिच पुल बन्दछ,’ उनले भने ।

बैठकले ब्लेन्डेड भर्टिकल औद्योगिक विकास र निजी क्षेत्र कोष सङ्गै डिजिटल पूर्वाधारमा लगानीको महत्व, डिजिटल एकीकरणको पहललाई हाइलाइट, सिमलेस र सुरक्षित वस्तु, सेवा र डाटाको प्रवाहमा जोड दिएकाे थियाे ।

यस क्षेत्रले सहयोग, पारस्परिक सहमत मापदण्ड र राम्रो गभर्नेन्समा आधारित डिजिटल युगमा नेतृत्व गर्ने मौकाको उपयोग गरी डिजिटल व्यापार र अर्थव्यवस्थाको सुविधाको लागि FTAS  को रूपमा नियामक योजनाहरुलाई लागू गर्न र विकास गर्न सक्छ ।