काठमाण्डु– बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । यसदिन नेप्से ४.८२ अंकले घटेर परिसुचक २५९८ मा झरेको छ ।
यसदिन १ करोड २६ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड बराबरको कारोबार भयो ।
कारोबारमा आएका १०९ कम्पनीको सेयर मूल्य बढ्यो भने १५७ कम्पनीको मूल्य घट्यो । यस्तै १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार रकमका आधारमा यसदिन घलेन्दी, पिपुल्स हाइड्रो अगाडि रहे । यसदनि शिन्धु बिकास बैंकको सेयर मूल्य १५ प्रतिशतले बढ्यो ।
यसदिन हाइड्रोपावर, म्युचल फण्ड र व्यापार बाहेकका सबै सूचक राताम्मे भएका छन् ।




प्रतिक्रिया