राजनीतिक दलसम्बन्धी अध्यादेश टुंगो लगाउन गठबन्धनलाई चुनौती, विना निष्कर्ष सकियो बैठक

राजनीतिक दलसम्बन्धी अध्यादेश टुंगो लगाउन गठबन्धनलाई चुनौती, विना निष्कर्ष सकियो बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक निष्कर्षबिना सकिएको हो ।

बैठकमा मन्त्रिपरिषद विस्तारबारे कुनै निर्णय नभएको र फेरि भोलि बस्नेगरी सकिएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले आजको बैठकमा संसदमा बजेट पारित गर्ने प्रक्रियालाई अगाडि बढाउने विषयमा छलफल भएको बताए ।

राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा विचारधिन छ । त्यसलाई फिर्ता नलिएसम्म सरकारमा स दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाउनुपर्ने गठबन्धनलाई चुनौती हभागी नहुने जसपा अध्यक्ष उपेन्द्र यादवको अडान छ भने माधव नेपालले पनि । तत्काल सरकारमा जान नसक्ने बताउँदै आएका छन् ।

हिजो बसेको बैठकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीबाट मात्रै भएपनि मन्त्रिपरिषद विस्तार गर्न प्रधानमन्त्री देउवालाई दवाव दिएका थिए । आजको बैठकमा कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयमा नेताहरूबीच कुरा मिल्न नसकेपछि बैठक फेरि भोलि बस्नेगरि सकिएको स्रोतले बतायो ।

दुई घण्टा बसेको बैठकमा मिलाउने अथक प्रयास गरिए पनि सबै आ आफ्ना अडानबाट पछि नहटेपछि सहमति हुन नसकेको हो । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराइ, नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतको सहभागिता थियो ।

२९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आज परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरेपछि ७ सदस्यीय भएको छ । अढाई महिनावित्दासमेत मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै देउवाको चौतर्फी आलोचना भइरहेको छ ।