बिहीबारकाे मौसम पूर्वानुमान : यी स्थानमा भारी वर्षाको सम्भावना

बिहीबारकाे मौसम पूर्वानुमान : यी स्थानमा भारी वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा झार खण्ड आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ।

अहिले मौसम देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का थोरै स्थानमा हल्का बर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।