बालबालिकालाई दशैं अघि नै कोरोनाविरुद्धको खोप दिइने

बालबालिकालाई दशैं अघि नै कोरोनाविरुद्धको खोप दिइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकाका लागि दशैं अघिनै कोरोना विरुद्धको खोप दिने तयारी भइरहेको बताएका छन् ।

चितवनमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले दसैं अघि १ लाख डोज खोप ल्याइने बताए । बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडेर्ना’ र ‘फाइजर खोप’ ल्याउने तयारी मन्त्रालयले गरिरहेको राज्यमन्त्री श्रेष्ठले बताए ।

श्रेष्ठले भने, ‘बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ। फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यो खोप अत्यधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल हुँदैछ ।’