काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टसँग भेटवार्ता गरेका छन्।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा नेपाल–अस्ट्रेलिया सम्बन्ध तथा दुई देशबीचको आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक चासोका विषयमा विचार आदानप्रदान भएको बताइएको छ।




प्रतिक्रिया