काठमाण्डु – नेकपा एमाले निकट अनेरास्ववियुले सरकारले सेनेटरी प्याडमा कर बढाएको भन्दै विरोध गरेको छ । विश्वको करिब चार अर्व र नेपालका करिब एक करोड पचास लाख महिलाले प्रयोग गर्ने सेनेटरी प्याडमा वर्तमान सरकारले लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट प्रति अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण गरेको हो ।
‘वर्तमान परिस्थितिमा सेनेटरी प्याड महिलाको विलासिता नभई आवश्यकता हो’ अध्यक्ष सुनिता बरालले शुक्रबार विज्ञप्ति प्रकाशित गरी भनेकी छन्, ‘तसर्थ प्रत्येक महिलाले मासिक रुपमा प्रयोग गर्ने सेनेटरी प्याड सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउने राज्यको दायित्व हुनुपर्नेमा कांग्रेस नेतृत्वको वर्तमान सरकारले प्याडमा समेत विलासिताको सामाग्रिमा झैँ उच्च कर लगाई महिलाहरुको संवेदनशीलताप्रति गरेको बेवास्ता र विभेदप्रति अनेरास्ववियु घोर निन्दा र आपत्ति प्रकट गर्दछ ।’
अनेरास्ववियुले ओली नेतृत्वको सरकारले आर्थिक वर्ष ०७६र०७७ देखि नै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको लागि निशुल्क रुपमा उपलब्ध गराउँदै आएको स्मरण गर्दै सो कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै विश्वविद्यालयमा अध्ययनरत छात्राहरुका लागि समेत निशुल्क र अनिवार्य सेनेटर प्याड उपलब्ध हुने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।




प्रतिक्रिया