इपिएल आजदेखि : सन्दीप र कुशलको टोली भिड्दै

इपिएल आजदेखि : सन्दीप र कुशलको टोली भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण आजदेखि सुरु हुँदैछ । कोरोना भाइरस संक्रमणका कारण सन् २०१९ र २०२० मा रोकिएको ईपीएल आजदेखि सुरु हुन लागेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार दिउँसो १२ः१५ बजे सुरु हुने पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाण्डु किंग्स–११ खेल्दै छन् ।

पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदीको उपस्थितिले उत्साहित काठमाण्डु धमाकेदार सुरुआत गर्ने तयारीमा छ । ललितपुर युवा स्टार कुशल भुर्तेलको नेतृत्वमा खेल्ने छ भने काठमाण्डुको कप्तानी स्टार स्पीनर सन्दीप लामिछानेले गर्नेछन् ।

यसअघि यी दुई टोलीबीच भएका तीन खेलमा ललितपुरले एकतर्फी नतिजा निकालेको छ । दोस्रो सिजन २०१७ मा ७ विकेटले हारेको काठमाडौं २०१८ मा १० र १ विकेटले पराजित भएको थियो ।

काठमाण्डु किग्स–११ मा खेलाडीहरु सन्दीप लामिछाने, अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, मोहम्मद समसद शेख, दीपेन्द्र रावत, जितेन्द्र मुखिया,आशाक चन्द, अमरसिंह रौटेला, गुल्शन झा रहेका छन् ।

विदेशी खेलाडीमा शाहिद अफ्रिदी, जनक प्रकाश, रेयान ब्रुल, रहमानउल्ला गुरबाज छन्। त्यस्तै ललितपुर प्याट्रिओट्समा ज्ञानेन्द्र मल्ल, सूर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामाङ, रासिद खान, शंकर राना, योगेन्द्रसिंह कार्की, कुशल भुर्तेल, नारायण जोशी, ललित राजवंशी, अरियो पौडेल, विभत्सु थापा, कमल खत्री, रिजन ढकाल, नागराज सिंह छन् ।

विदेशी खेलाडीमा अज्मतुल्ला ओमरजाई, ओसाडा फर्नान्डो, मिक्यो दोर्जे, सेनडन विराक्योडी रहेका छन् । ९ देखि २३ गतेसम्म चल्ने इपिएल प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले १४ दिनसम्म एकल राउन्ड रोविनअनुसार प्रतिस्पर्धा गर्नेछन् ।