सशस्त्र प्रहरीका राष्ट्रसेवक कुकुरहरू सम्मानित

सशस्त्र प्रहरीका राष्ट्रसेवक कुकुरहरू सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कुकुर तिहारको अवसरमा नक्सालस्थित नारायणचौर पार्कमा आयोजित विशेष कार्यक्रममा सशस्त्र प्रहरीको ‘सर्च एन्ड रेस्क्यु’ ट्रेडमा कार्यरत ‘साम्वा’ राष्ट्रसेवक कुकुरलाई विशेष सम्मान गरिएको छ ।

कार्यक्रममा तालिमप्राप्त कुकुर ‘साम्वा’लाई मुख्य मञ्चमा राखी पूजा अर्चनाका साथ विशेष सम्मान गरिएको हो। ल्याब्राडोर जातको साम्वाले भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिहरूको खोज तथा उद्धारका क्रममा १५ वटा शव पत्ता लगाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको थियो ।

यसैगरी सशस्त्र प्रहरी बल नेपालले काठमाण्डुको बलम्बुस्थित पशु स्वास्थ्य तथा डग ह्यान्डलर उपशाखामा विशेष कार्यक्रम आयोजना गरी कुकुर तिहार मनाएको छ ।

मानव सुरक्षा, अपराध अनुसन्धान, सीमा सुरक्षा सुदृढीकरण र प्राकृतिक विपद् व्यवस्थापनमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै आयोजना गरिएको कार्यक्रममा राष्ट्रसेवक कुकुरहरूको पूजा अर्चना गर्नुका साथै तिनको उत्कृष्ट व्यावसायिक क्षमता र विविध कौशलको प्रदर्शन गरिएको थियो ।

सशस्त्र प्रहरी बल नेपालका तालिमप्राप्त कुकुरहरू सुरक्षा चुनौतीहरू सामना गर्न र प्राकृतिक विपद्का कठिन परिस्थितिहरूमा उद्धार कार्यका लागि महत्त्वपूर्ण आधारका रूपमा समेत रहँदै आएका छन् ।