काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन । नेपाली कांग्रेस काठमाण्डु महानगरपालिका– १७ ले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीको १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने उनको भनाई छ । अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिङ्ग अवस्थामा पुगेको भन्दै उनले पूरानै नेताहरुलाई नेतृत्व सुम्पिए कांग्रेसको हालत प्रजापरिषद्को जस्तै हुने चेतावनी दिए ।




प्रतिक्रिया