सरकारमा छिट्टै सहभागी हुन्छौं : रामकुमारी झाँक्री

सरकारमा छिट्टै सहभागी हुन्छौं : रामकुमारी झाँक्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले आफूहरूविरुद्धको मुद्दा किनारा लागेकाले अब छिट्टै सरकारमा सहभागी हुने बताएकी छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेशको विरुद्धमा परेको रिटमा शुक्रबार सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि सरकारमा छिट्टै सहभागी हुने उनले बताएकी हुन् ।

शनिबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै सचिव झाँक्रीले भनिन्, ‘हिजोदेखि मुद्दा किनारा लाग्यो, रिटको पक्षमा अन्तरिम आदेश जारी भएन । मु्द्दा लामो प्रोसेसमा गयो भनेपछि एउटा समयमा पुगेपछि रिट खारेजीको प्रक्रियामा गयो । यसले हामीलाई बाटो खुल्यो ।’ त्यसैगरी उनले प्रदेश १ र बागमती प्रदेशमा पनि चाँडै सरकार परिवर्तन हुने दावी गरिन् ।