यसरी गरियो बुद्ध एयरको जहाज फोर्स ल्याण्डिङ (फोटोसहित)

यसरी गरियो बुद्ध एयरको जहाज फोर्स ल्याण्डिङ (फोटोसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि पुनः काठमाण्डु फर्किएको बुद्ध एयरको जहाज काठमाण्डुको आकाशमा झन्डै २ घण्टा घुमेपछि त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

विमान सोमबार बिहान ७७ जना यात्रु बोकेर विराटनगरका लागि उडेको थियो । उक्त विमानको ल्यान्डिङ गियरमा समस्या आएपछि अवतरणमा समस्या भएको थियो ।

नागरिक उड्डयन प्राधिकरणका निमित्त प्रमुख राजकुमार क्षेत्रीले ल्यान्डिङ गियरमा समस्या देखिएपछि विराटनगरमा अवतरण हुन नसकेको बताए । संवेदनशीलताका कारण विमानस्थलमा एम्बुलेन्स र दमकल तयारी अवस्थामा राखिएको थियो ।

यसअघि सोमबार बिहानै बुद्ध एयरको अर्को विमानमा पनि समस्या आएको थियो। पोखराका लागि उडेको विमानको ककपिटमा धुँवा निस्केपछि आपतकालीन अवतरण गरिएको छ ।

तस्बीर: क्याप्टेन विवेक खड्का